चीनको हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विद्यार्थीको गुणस्तरमा सुधार हुँदै

चीनको हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विद्यार्थीको गुणस्तरमा सुधार हुँदै

काठमाण्डाै । चीनको हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विद्यार्थीको गुणस्तरमा सुधार हुँदै गएको पाइएको छ ।

शिक्षामा ग्रामिण नागरिकको पहुँचलाई बढाउने योजनाअन्तर्गत फरक-फरक ठाउँमा फरक-फरक योजना ल्याएर कार्यक्रम कार्यान्वयन गरिएको छ । यसले पिछडिएका क्षेत्रमा पनि शिक्षाको गुणस्तर सुधारमा सहयोग पुगेको चीन सरकारको भनाइ छ । विशेषगरी प्राथमिक तहका विद्यार्थीको गुणस्तरमा उल्लेख्य सुधार भएको छ ।

स्थानीय सरकारले विद्यार्थी केन्द्रीत योजना र कार्यक्रम लागू गरेपछि गुणस्तरमा सुधार हुँदै गएको हो । हिमाली क्षेत्रका विद्यार्थीलाई विद्यालयमा नै तयार गरी खाना खुवाउने गरिएको छ । यसका कारण चिसोबाट हुने स्वास्थ्य समस्यामा समेत कमी आएको छ ।

पछिल्लो समय घरबाट बोकेर ल्याएको चिसो खाजा र खाना खानुपर्ने बाध्यता हट्दै गएको हुवाङ्नी गाउँमा रहेको विद्यालयका प्रध्यानाध्यापक झाङ झाङलियाङले बताउनुभएको छ । ग्रामिण क्षेत्रका ६८ दशमलव ७ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच विस्तार भएको चीन सरकारको दाबी छ ।

गाउँमा नै बसेर विद्यार्थीहरूले सहरमा हुने लोककला, नाच, कम्प्युटर शिक्षा लगायतका सीप आर्जन गर्न पाएका समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीन सरकारले पछिल्लो समय गरिबी निवारण तथा नागरिकको शैक्षिक गुणस्तरमा सहयोग गरेको छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण त्यहाँका प्राथमिक विद्यालयमा हरेक दिन विद्यालयका कोठा र परिसरलाई सङ्क्रमणमुक्त गरी पढाउने गरिएको छ ।