साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण

साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण

युरोपियन देश साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण भएको छ ।

गैरआवासीय नेपाली सघं साइप्रसका अनुसार आइतवार मात्रै गरिएको चेकजाँचमा पापोसमा ३ जना , लार्नाकामा २ जना र निकोसिया शहरमा १० जना गरी १५ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै निकोसियामा ३ नेपालीको र्‍यापिड टेस्ट नतिजा पोजेटिभ आएको छ । ती ३ जनासँगै एकै स्थानमा बस्ने अन्य ७ जनाको पिसिआर टेस्ट सोमवार हुनेछ र रिपोर्ट नआउन्जेल घरमै आईसोलेसनमा बस्ने स्वास्थ्य अधिकारीहरुले सुझाएको बताइएको छ ।

गत हप्ता पनि लिमासोलमा ३ नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तिनै जना पनि अहिले होम आइसोलेसनमा छन् ।

साइप्रस सरकारले देशभरी नै निःशुल्क कोरोना टेस्ट गर्दै आएको छ ।