कञ्चनपुरका  विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका ८२ हजार बराबरको अवैध सामान बरामद

कञ्चनपुरका  विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका ८२ हजार बराबरको अवैध सामान बरामद

कञ्चनपुर । भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरीएको छ । कञ्चनपुरमा  विभिन्न स्थानबाट ८२ हजार ७ सय ५० मुल्य बराबरका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

भीमदत्त नगरपालिका–७ हल्दुखाल ब्रह्रदेब हाईबेमा बेवारिसे अवस्थामा रहेका अन्दाजी २६ हजार ५ सय मुल्य बराबरका २८ थान लेडिज सुट बरामद गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए  ।

त्यस्तै, बेलडाडी गाँउपालिका–२ चवन्नी बजारमा अन्दाजी ४८ हजार मुल्य बराबरको प्याज बरामद गरिएको छ । त्यस्तै भीमदत्त नगरपालिकाकै वडा नम्बर ४ मदनचोक छेउबाट ८ हजार २ सय ५० मुल्य बराबरको सलाई बरामद गरिएको छ । 

बरामद भएका सबै सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए  ।