प्रतिबन्धका बाजुत विप्लव नेकपाले कैलालीमा मनायो भव्यताका साथ पार्टी पुनर्गठन दिवस

प्रतिबन्धका बाजुत विप्लव नेकपाले कैलालीमा मनायो भव्यताका साथ पार्टी पुनर्गठन दिवस

धनगढी । सरकारद्धारा प्रतिबन्धित विप्लव निकट नेपाल कम्युनिस्ट पार्टी कैलालीले सातौं पार्टी पुनर्गठन दिवस सप्पन्न गरेको छ । ‘एकीकृत जनक्रान्ति को झन्डा लाई उच्च पारौं, ७ औं पार्टी पुनर्गठन दिवस भब्यरूपमा सफल पारौं’ भन्ने मुल नाराका साथ कैलालीको कैलारी गाउँपालिकामा दिवस सप्पन्न गरेको हो ।

कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी कैलालीका सेक्रेटरी करन थिए भने प्रमुख अतिथि थारुवान स्वायत्त जनसरकार प्रमुख महान थिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य बबरजंग सिङ ले गर्नुका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल महिला संघ क्रान्तिकारी कि जिल्ला अध्यक्ष सुनिता गरेकी हुन् । कार्यक्रममा पार्टीका, जनबर्गिय संगठन, पत्रकार र आमजनसमुदायको उपस्थिति रहेको थियो ।