कोरोना भाइरसविरुद्ध २० लाखको स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरसविरुद्ध २० लाखको स्वास्थ्य सामग्री सहयोग

कोरोना भाइरस विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

भरतपुर अस्पताललाई कोकाकोला फाउन्डेसन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८५० रुपैयाँको आईसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५०० थान सर्जिकल पञ्जा, १०० थान सुरक्षा पोशाक, केएन–९५ मास्क २०० थान र ५० थान सुरक्षा चश्मा छन् । ती सबै सामग्रीको मूल्य २० लाख ३ हजार ६५७ रुपैयाँ रहेको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठकले जानकारी दिए ।
 
उपकोषाध्यक्ष पाठक र रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीलाई ती सामाग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले कोभिड–१९ का बिरामीको उपचारमा सहज भएको बताए ।