राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर स्वदेश फर्किएका राष्ट्रिय फुटबल टिमको कोरोना परिक्षण गर्दा नेगेटिभ आएको हो ।

नेपाली टिम गत बिहीवार स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि नेपाली टिम अखिल नेपाल फुटबल संघ ९एन्फा० को होस्टलमा क्वारेन्टिन बसेका थिए ।

खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै एन्फाले खेलाडीलाई केहि दिनको विश्राम दिने भएको छ । नेपालले गत कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेल बराबरीमा रोकिएको थियो ।