पत्थरी निकाल्न गएका बिरामीको डाक्टरले किड्नी निकाले पछि...

पत्थरी निकाल्न गएका बिरामीको डाक्टरले किड्नी निकाले पछि...

भारतको बिहार राज्यस्थित पटनाको बीजीबी हस्पिटलमा भएको एउटा घटनाले अहिले तहल्का मच्चाएको छ । पत्थरीको अप्रेशन गर्न गर्न गएका बिरामीको डाक्टरले किड्नी निकालिदिएपछि त्यहाँको हालत बिग्रिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार २६ वर्षका एक युवक पेटमा समस्या भयो भन्दै अस्पताल पुगेका थिए । डाक्टरले जाँचमा उनको किड्नीमा पत्थरी भएको बताएका थिए । त्यसपछि अस्पतालले उनको अप्रेशन गरेको थियो ।

जसमा डाक्टरले किड्नी निकालेको आरोप लागेको छ । दायाँ किड्नी निकालेको परिवारले जनाएको छ । अस्पतालका डाक्टर पके ज्यानले किड्नीमा पत्थरी भएको तर अल्ट्रासाउण्डमा नदेखाएको बताएका छन् ।