बैतडी जीप दुर्घटना : पाँच जनाको मृत्यु (नामावली सहित)

बैतडी जीप दुर्घटना : पाँच जनाको मृत्यु (नामावली सहित)

बैतडी । बैतडीमा आज जीप दुर्घटना भएको छ । सो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको ना १ ज २१९६ नम्बरको जीप आज दिउसो दुर्घटना हुँदा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ का ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको हो ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । जीप चालक गोपाल कार्की भने फरार छन् ।