बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वकै दोश्रो धनी व्यक्ति

बिल गेट्सलाई पछि पार्दै एलन मस्क बने विश्वकै दोश्रो धनी व्यक्ति

टेस्ला इंक र स्पेक्सका फाउण्डर एवं सिईओ एलन मस्क विश्वका दोश्रो धनी व्यक्ति बनेका छन् । उनले माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पारेका हुन् । ४९ वर्षीय मस्कको नेटवर्थ बढेर १२७.९ अर्ब डलर भएको छ ।

टेस्लाको शेयरमा भारी उछालका कारण उनको नेटवर्थ बढेको हो । टेस्लाको मार्केट भ्याल्यू बढेर ४९१ अर्ब डलरसम्म पुगेको हो । यस वर्ष उनले आफ्नो नेटवर्थमा करिव १००.३ अर्ब नेटवर्थ जोडेका छन् । ब्लूमबर्ग एण्डेक्सका अनुसार जनवरीमा उनी धनीको सूचीमा ३५ औँ स्थानमा थिए ।