कोभिड १९ विरुद्धको खोप वितरणको तयारी भइरहँदा जर्मन चान्सलर एन्जेला मर्केलले विपन्न देशहरुको खोपमा पहुँच पुग्ने कुरामा गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।
जी २० देशहरुको सम्मेलनमा उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन् । विश्वका सबै देशमा निष्पक्ष रुपमा वितरण गरिनुपर्ने भन्दै यसबारे चासो दिएकी हुन् ।
साथै खोप विकास र वितरणको काम सुस्त देखिएकाले यसले थप आशंका उब्जाएको उनको तर्क थियो । र यस मुद्दालाई उनले ‘ग्लोबल भ्याक्सिन अलायन्स, गाभी’मा पनि पुर्याउने मर्केलको भनाइ छ । साउदी अरबमा भएको उक्त सम्मेलनमा विश्वका आर्थिक रुपमा सम्पन्न २० देशका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
प्रतिकृया दिनुहोस