गर्लफ्रेण्ड भेट्न जाँदा केटीको परिवारले रातभरी कुटे, बिहान ज्वाइँ बनाए

गर्लफ्रेण्ड भेट्न जाँदा केटीको परिवारले रातभरी कुटे, बिहान ज्वाइँ बनाए

रातको समयमा प्रेमिका भेट्न गएका एक युवकलाई प्रेमिकाको परिवारले रातको समयमै फेला पारे । त्यसपछि उनीहरुले युवकलाई एउटा कोठामा बन्द गरे । छिमेकीहरु समेत मिलेर युवकलाई रातभरी कुटे । बिहान युवकलाई पुलिसको जिम्मा लगाइयो । तर, पुलिस केस भएमा केटीका माइती पक्षका व्यक्तिहरुसमेत फस्ने देखिएपछि केही व्यक्तिहरुले युवकसँग केटीको परिवारको सम्झौता गराइदिए । अन्ततः रातभरी कुटाइ खाएका युवक बिहान त्यो परिवारको ज्वाइँ बने ।

हिन्दूस्तान दैनिकका अनुसार यो घटना उत्तर प्रदेशको रामपुरको हो । यहाँको मेहंदी नगर सुमाली बस्ने लक्ष्मीसँग गद्दी नगली गाउँमा प्रेम सिंहको प्रेम थियो । प्रेमी पैमिकालाई भेट्न आइरहन्थे । युवक बिहीबार राती पनि करिब १२ बजे प्रेमिकालाई भेट्न उनको घर पुगे । प्रेमिकाका परिजनले आवाज सुनेपछि सतर्क भए । उनीहरुले लुकेर चुपचाप हेर्दा आफ्नी छोरी र प्रेम सिंहको क्रियाकलाप देखेपछि उनीहरुले प्रेमीलाई समातेर कोठामा थुने । हल्ला भएपछि छिमेकीहरु पनि आए र युवकलाई कुट्न थाले ।

बिहान पुलिसलाई सूचना दिइयो । सूचना पाएपछि पुलिसले घटनास्थल गएर युवकलाई थानामा लिएर आयो । मुद्दा चल्ने डरले गाउँका अगुवाहरुले सम्झौता गराउने प्रयास सुरु गरे । करिब ५ घण्टाको छलफलपछि दुवै परिवार बिहेको लागि तयार भए । हतारहतार पण्डित बोलाइयो र भाजपा नेता डा। रुप बसन्तको रोहवरमा बिहे गराइयो । बेलुकी उनीस्हरुको विवाह प्रक्रिया पूरा भयो । रातभरी प्रेमिकाको घरमा कुटाइ खाएका युवक भोलिपल्ट त्यही घरका घरज्वाइँ बने ।