डोटीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

डोटीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका १४ नमुनाहरुमध्ये दुई जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका मोलेकुलर ल्याव इन्र्चाज शौरभ श्रेष्ठका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिकाका एक महिला र एकजना पुरुष गरी थप दुई जनामा कोरोना देखिएको हो ।

परिक्षण गरिएका अन्य १२ जनाको नतिजा नेगेटिभ आएको छ ।