आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान पक्राउ

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान पक्राउ

बर्दियामा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ४४ वर्षीय पुरुषलाई इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले श्रीमतीलाई बलात्कार गरेको आरोपमा मंगलबार दिउँसो पक्राउ गरेको हो ।

४१ वर्षीया श्रीमतीलाई कुटपिट गरी बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। पक्राउ परेका युवक जिल्लाकै बाँसगढी नगरपालिका-९, माछागढका हुन्।

उनीविरुद्ध प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ।