धनगढीमा बुधबार ७ जना कोरोना संक्रमित थपिए

धनगढीमा बुधबार ७ जना कोरोना संक्रमित थपिए

धनगढी । धनगढी उपमहानगरपालिकामा बुधबार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर १ का दुईजना, वडा नम्बर २ का एकजना, वडा नम्बर ३ का एकजना, वडा नम्बर ५ का एकजना, वडा नम्बर ८ का एकजना र वडा नखुलेका एकजना गरी सात जनामा कोरोना देखिएको जानकारी दिए ।