कैलालीका २१ सहित सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि

कैलालीका २१ सहित सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा बुधबार गरिएको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३१३ नमुनाहरुमध्ये ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचान अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका २१ सहित सुदूरपश्चिमका थप ३५ जनामा कोरोना देखिएको जानकारी दिए । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका सातजना, टीकापुर नगरपालिकाका आठजना, घोडाघोडी नगरपालिकाका एकजना, गोदावरी नगरपालिकाका चारजना र स्थानीय तह नखुलेका एकजनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका चारजना, भिमदत्त नगरपालिकाका ६ जनापुनर्वास नगरपालिकाका दुईजना, बेल्डाँडी गाउँपालिकाका एकजना र बझाङका एक जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।