घरमा कुकुर बनेर बस्ने यी कम्पनीका हाकिमको इच्छा

घरमा कुकुर बनेर बस्ने यी कम्पनीका हाकिमको इच्छा

ब्रिटेनको हर्टफोर्डशायरमा बस्ने ३२ वर्षीय टाम एक कम्पनीका सिईओ हुन् । तर, यी सिईओ साहेबको अजिबको मानसिकताको कारण जो पनि दिक्क हुन्छन् । उनको कम्पनीको पद एकातीर छ भने घर परिवार अर्को तीर छ । यी व्यक्ति घरमा कुकुर बनेर बस्न रुचाउँछन् ।

कुकुर बनेर बस्न रचाउने टाम कुुकुर जस्तै बनेर बसिरहेका हुन्छन् । कुकुरको जस्तो कपडा मात्र होइन कुकुर झै घरको वरिपरि घुम्छन् । कुकुरले झै खाना खान्छन् । उनकी पत्नी राशेलले कुकुरलाई झै घाटीमा बाधेर बाहिर घुमाउँन पनि लैजान्छिन् ।

टामको यो शोख धेरै खर्चिलो पनि छ, उनले आफ्नो लागि कुकुरको पोशाकको लागि ४ लाख रुपैयाँ खर्च पनि गरिसकेका छन् । पतिको यस्तो सौखको कारण पत्नी राशेलले एक पटक छाडेर पनि गएकी थिइन् तर फेरी पछि पतिको इच्छालाई स्वीकार गरेर फर्किएकी हुन् ।