विश्व उत्कृष्ट गोलकिपर को ?

विश्व उत्कृष्ट गोलकिपर को ?

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०२० का लागि दिने उत्कृष्ट गोलकिपरको छुट्टाछुट्टै अवार्डका लागि पुरुष टिमबाट ६ जना र महिला टिमबाट ६ जना मनोनयनमा परेका छन्। 

जसमा वर्ष उत्कृष्ट पुरुष गोलकिपरमा लिभरपुलका एलिसन बेकर, रियल मड्रिडका थियाबट कोर्टुवा, पिएसजीका केलर नाभास, बायर्न म्युनिकका म्यानुअल निउर, एथ्लेटिको मड्रिडका जान ओबलाक र बार्सिलोनाका मार्क आन्द्रे टेर स्टेगन रहेका छन्। 

यस्तै वर्ष उत्कृष्ट महिला गोलकिपरमा चेल्सीका आन काटरिन बेगर, ओलम्पिक लियोनसकी सारा बोउहाद्दी, पिएसजीकी क्रिष्टिन एन्डलर, एथ्लेटिको मड्रिडकी हेडभिग लिन्डा, सिकागो रेड स्टारकी एलेसा नाहेर र म्यानचेस्टर सिटीकी इलि रोबक रहेका छन्।