तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सु, पहाडी र हिमाली भेगका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

देशभर चिसो बढ्दो तथा केही ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना देखिएकाले होसियारी अपनाउन सम्बन्धित सबैलाई मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपात हुने सम्भावना छ। साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि दिउँसो हल्का हिमपातको सम्भावना छ।

यसैगरी आज राति पनि गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।