बलात्कारी बाबुलाई ३७ वर्ष कैद

धनगढी खबर    

बलात्कारी बाबुलाई ३७ वर्ष कैद

हेटौंडा । छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत मकवानपुरले ३७ वर्ष जेल सजायको फैसला गरेको छ  ।

न्यायाधीश सीता शर्मा अधिकारीको मंगलबारको एकल इजलासले १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको ठहर गर्दै ४२ वर्षीय बाबुलाई जबर्जस्ती करणीतर्फ १२ वर्ष र हाडनाता करणीतर्फ जन्मकैदको सजाय सुनाएको हो ।

नयाँ ऐनअनुसार जन्मकैद २५ वर्ष तोकिएको छ । श्रीमतीले आत्महत्या गरेपछि बाबुले छोरीलाई २०७३ देखि बलात्कार गर्दै आएका थिए । घटनाबारे छिमेकीहरूले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले गत चैत ३० मा उनलाई पक्राउ गरेको थियो ।

कास्कीमा छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ परेका छन् । १३ वर्षीया छोरीले अधिकारकर्मीलाई फोन गरेर बताएपछि घटना बाहिर आएको हो । बालिकाकी आमाले बुधबार हाडनाता करणी तथा करणीसम्बन्धी कसुरबमोजिम कारबाहीको माग गर्दै जाहेरी दिएकी छन् ।



बिहिबार ११, मङि्सर २०७७ १०:४५ मा प्रकाशित

#छोरीलाई बलात्कार #जिल्ला अदालत मकवानपुर

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस