कृषि कानुनको विरोधमा भारतमा 'दिल्ली चलो' आन्दोलन

कृषि कानुनको विरोधमा भारतमा 'दिल्ली चलो' आन्दोलन

कृषि कानुनको विरोधमा भारतमा किसान आन्दोलित भएका छन्। किसानले आजबाट पर्सीसम्म आन्दोलन चर्काउन लागेका छन्।

किसानले दिल्ली चलो आन्दोलनु थालेपछि हरियाणा सीमामा सुरक्षा कडाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। यहाँ दिल्ली पुलिस फोर्ससँगै सेन्ट्रल रिजर्भ पुलिस फोर्स९सिआरपिएफ०का बटालियन पनि खटिएको भास्करले जनाएको छ। आन्दोलनका कारण दिल्ली मेट्रो २ बजेसम्म बन्द भएको छ।

कृषि कानुनको विरोधमा सयौं किसान हरियाणा सीमामा प्रवेश गरिसकेका छन्। यता हरियाणा सरकारले भने पञ्जाब बोर्डर सिल गरेको छ। किसानहरुले सीमा आज एक लाख किसान जम्मा हुने बताएका छन्। कानुनको विरोधमा भारतमा बुधवार पनि प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा सय भन्दा बढी किसानका नेताहरु पक्राउ परेका थिए।

आफूहरुलाई दिल्ली जान रोक लगाएमा दिल्ली जाने सडकमा चक्काजाम गर्ने किसानले चेतावनी दिएका छन्। यता सरकार भने किसानलाई कुनै पनि अवस्थामा सीमा पार गर्न नदिने रणनीतिमा लागेको छ।