फुटबलर म्याराडोनाको निधनमा पेलेले दिए श्रद्धाञ्जली भन्छन्, 'एक दिन हामी आकाशमा एकसाथ फुटबल खेल्नेछौँ'

फुटबलर म्याराडोनाको निधनमा पेलेले दिए श्रद्धाञ्जली भन्छन्, 'एक दिन हामी आकाशमा एकसाथ फुटबल खेल्नेछौँ'

काठमाडौं । ‘एकदिन आकाशमा आकाशमा म्याराडोनासँगै फुटबल खेल्नेछु’, ब्राजिलका महान फुटबलर पेलेले अर्जेन्टीनाका महान फुटबलर म्याराडोनाको निधनमा यसरी श्रद्धाञ्जली दिएका छन् ।

पेले तिनै खेलाडी हुन् जसको नाम फुटबलका बादशाह भनेर पनि चिनिन्छ । म्याराडोनाको बुधवार हृदयघातका कारण निधन भएको हो ।

पेलेले सोसल मिडिया ट्वीटरमा लेखेका छन्,’ धेरै नै दुखको समाचार, मैले एक राम्रो मित्र गुमाएँ र विश्वले एक महान खेलाडी गुमायो, धेरै भन्नु छ, तर अहिले यति मात्रै भन्छु कि, ईश्वरले उनको परिवारलाई शक्ति देओस्, आशा छ हामी एक दिन आकाशमा सँगै फुटबल खेल्नेछौँ ।’