बेलायती राजकुमारीले खुलाईन् गर्भ तुहिँदाको पीडा र शोक

बेलायती राजकुमारीले खुलाईन् गर्भ तुहिँदाको पीडा र शोक

डचेज अफ ससेक्सले गएको जुलाईमा आफ्नो गर्भ तुहिएको खुलाएकी छन् । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्समा उनले गर्भ तुहिएको घटनाबारे लेखेको लेख प्रकाशित भएको छ । उनले गर्भ तुहिएपछि आफू थेग्नै नसक्ने शोकमा डुबेको उल्लेख गरेकी छन् ।

बेलायती राजकुमार ह्यारी अर्थात ड्युक अफ ससेक्सकी पत्नी मेगन मर्केलले लेखेकी छन्, ‘मेरो पहिलो सन्तानलाई अंगालो हाल्दै गर्दा दोस्रो सन्तान गुमाउँदै थिएँ ।’

विभाजित भएकी आफूलाई सम्हाल्दै गर्दा श्रीमान ९राजकुमार ह्यारी० को हृदय टुटेको हेर्नु झन पीडादायी रहेको उनले उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘वियोग र पीडाले यो वर्ष ९२०२०० हामी सबैलाई गाँजेको छ ।’

३९ वर्षे मेगनले आफ्नो अनुवभ साझा गरेर आफ्नो वरपरका व्यक्तिहरुलाई ‘तिमीलाई कस्तो छ, तिमी ठीक छौ निरु’ भनेर सोध्न आग्रह गरेकी छन् ।

मेगनको स्वास्थ्य अहिले राम्रो रहेको र ह्यारीसहित उनी गएको जुलाईमा भएको घटनाबारे बोल्न तयार रहेको बिबिसीले उल्लेख गरेको छ । उनीहरु पछिल्लो समय बढ्दै गएको ‘गर्भ तुहिने’ घटनाबारे सबैलाई सचेत गराउन चाहन्छन् ।

राजकुमार ह्यारी र मेगन सञ्चारमाध्यमको पहुँचबाट पर रहनका लागि अमेरिकाको क्यालिफोर्निया बसाईँ सरेका छन् । उनीहरु गएको जनवरीमा बेलायती राजपरिवारको शीर्ष सदस्यको जिम्मेवारीबाट पछि हटेका थिए ।

उनीहरुको पहिलो सन्तानका रुपमा छोरा आर्चीको जन्म सन् २०१९ को मे ६ मा भएको थियो । उनीहरु अहिले आर्चीसहित क्यालिफोर्नियामा छन् ।