डब्लूएचओले कोरोना उत्पत्तिको अध्ययनका लागि दश देशका वैज्ञानिकको टोली बनायो

डब्लूएचओले कोरोना उत्पत्तिको अध्ययनका लागि दश देशका वैज्ञानिकको टोली बनायो

विश्व स्वास्थ संगठन डब्लूएचओले कोरोना भाइरस ‘कोभिड १९’ को उत्पत्तिको अध्ययन गर्नका लागि दश देशका वैज्ञानिकको टोली बनाएको छ।

दश देशका दश वैज्ञानिकले चिनियाँ विज्ञहरुसँग संयुक्त रुपमा काम गर्ने बताइएको छ।

जापान, कतार, जर्मनी, भियतनाम, रुस, अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड्स, बेलायत र अमेरिकाका स्वास्थ्य विज्ञ, जनावर स्वास्थ्य विशेषज्ञ र भाइरस विज्ञहरु चीन जाने र चिनियाँ टोलीसँग संयुक्त रुपमा काम गर्ने डब्लूएचओको भनाइ छ।

चीनमाथि कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी लुकाएको आरोप लाग्ने गरेको छ।

सबै देशका वैज्ञानिक समावेश यस अध्ययनले पारदर्शी ढंगबाट भाइरसको उत्पत्तिको बारेमा पत्ता लगाउने जनाइएको छ।