नेकपाले सरकार चलाउन नसके नेपाली काँग्रेस जिम्मा लिन तयार छ : नेता वलायर

नेकपाले सरकार चलाउन नसके नेपाली काँग्रेस जिम्मा लिन तयार छ : नेता वलायर

धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बिरबहादुर वलायरले नेकपाले सरकार चलाउन नसके सरकार चलाउन काँग्रेस तयार भएको बताए । नेकपा सरकार संग अजित भएर जनता काँग्रेसलाई गुहारी रहेको समेत बताए ।

नेपाल प्रेस युनियन कैलालीले बिहिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । जनताले कम्युनिष्ट पार्टीलाई ठुलो जनमत दिएर सरकारमा पुगाए तर, जनभावना अनुरुप काम गर्न नसकेको उनको भनाई छ ।

अर्को प्रशंगमा नेता बलायरले नेकपा भित्रको अहिले सैदान्तिक बिवाद नभई कम्युनिष्ट सत्ताका पाउने र नपाउने बिचको झगडा भएकोले यो समस्या सामाधान नहुने उनाको भनाई छ । काँग्रेसलाई देश चलाउदा देश डुबायो भन्ने आरोपको खण्डन गर्दै नेता बलायलरले नेकपाको सरकारले त केही बर्षमै देश खोक्रो बनाईसकेको दाबी गरे ।

काँग्रेसले अहिले सम्म जिम्मेबार भएर देश हाकेको उनको भनाई छ । बिगत सम्झाउदै उहाले काँग्रेस जिम्मेबार पार्टी भएको बताउदै आफ्नो पार्टीले संबिधान जारी गरी कार्यान्वन गरेको बताए । जनताले काँग्रेसलाई प्रतिपक्षमा पाँच बर्ष बस्नका लागि जनादेश दिएकोले काँग्रेस प्रतिपक्षमै बस्ने समेत दाबी गरे । तर, बर्तमान सरकारलाई सचेत गराउनु पर्ने काँग्रेसको कर्तव्य हो ।