म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोक

म्याराडोनाको निधनमा अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोक

फुटबलका लेजेन्ड  डिएगो म्यारोडानाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाइने भएको छ ।

६० वर्षको उमेरमा बुधबार निधन भएका म्यारोडोनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति कार्यालय कासा रोजारामा राखिनेछ। त्यहाँ सर्वसाधारणले तीन दिनसम्म श्रद्धाञ्जली अर्पण गर्न सक्नेछन्।