कारागारमा विरामी परेका थारु नेता चौधरीको स्वाथ्य अवस्था विग्रदै

कारागारमा विरामी परेका थारु नेता चौधरीको स्वाथ्य अवस्था विग्रदै

धनगढी : टीकापुर  घटनामा सलग्न भएको आरोपमा पूर्पक्षका लागि कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारुको विरामी परेका छन । 

थारुको विहिवार रातीदेखि टाउको, कान र छाति दुख्ने समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । 

शुक्रवार सामान्य उपचारपछि कारागार लगिएका थारुको स्वाथ्य अवस्थामा सुधान नआएपछि फेरि शनिवार धनगढीकै कैलाली अस्पतालमा लगिएको थियो । तर, डाक्टर नभएको भन्दै उनलाई उपचार नगरेरै फिर्ता गरिएको थियो । 

आईतवार विहान ५ बजे पनि चेकजाचका लागि सेती अञ्चल अस्पतालको आकस्मिक कक्षमा लगेर सामान्य उपचार गरिएको छ । 

‘उपचारमा कुनै किसिमको कमि छैन । लगातार चेकजाच गरिरहेका छौ ।’ ‘कैलालीका प्रमुख जिल्ला अधिकार बाबुराम श्रेष्ठले भने, ‘साईक्याट्रिक डाक्टरलाई देखाउनुपर्ने भएकाले आईतवार फेरि १० बजे अस्पताल लिदैछौ ।’

कैलाली कारागारका प्रमुख महेन्द्र खड्का भने हाल काठमाण्डौमा छन । कारागारमा रहेका कैदीबन्दीको स्वाथ्य अवस्था हेर्दे आएका भक्त बहादुर विष्टले थारु नेता चौधरीको स्वाथ्यमा समस्या आएको र उपचार जारी रहेको बताए । 

थारु नेता चौधरी र उनका आफन्तले आफ्नो उपचारमा लापरवाही गरिएको आरोप लगाएका छन । जसका कारण उनको स्वाथ्य अवस्था झन झ्न विग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो । घटनामा सग्लन अझै ३२ जना फरार रहेको प्रहरीले जनाएको छ ।