नेपालमा पछिल्लो २४ घण्टामा १४३७ जना कोरोना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा १४३७ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै नेपालमा २ लाख ९ हजार ४ सय ३५ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयका अनुसार ९ हजार ४ सय ९१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १७ लाख जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार ६ सय ८० जना क्वारेन्टाइनमा छन्।  नेपालमा १६ हजार ७ सय ९३ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।