कैलालीका ३० सहित सुदूरपश्चिमका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ३० सहित सुदूरपश्चिमका थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा बिहीबार थप ४१ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १३३ नमुनाहरुमध्ये ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ३० सहित सुदूरपश्चिमका थप ४१ जनामा कोरोना देखिएको जानकारी दिए । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २४ जना, गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिकाका एकजना र जोशीपुर गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका पाँचजना, बेल्डाँडी गाउँपालिकाका चारजना, बझाङको सुर्मा गाउँपालिकाका एकजना र बैतडीका एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।