धनगढी उप–महानगरपालिका वडा नम्बर ६ को कार्यालय भवन शिलन्यास

धनगढी उप–महानगरपालिका वडा नम्बर ६ को कार्यालय भवन शिलन्यास

धनगढी । धनगढी उप–महानगरपालिका वडा नं ६ को वडा कार्यालय भवनको बिहीबार शिलन्यास गरिएको छ । उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले भवनको शिलन्यास गरेका हुन ।

९० लाख भन्दा बढीको लागत स्टीमेटमा निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको छ ।

नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए ।