विवाह भएको तीन दिनसम्म शौचालय जान नपाउने अनौठो चलन !

विवाह भएको तीन दिनसम्म शौचालय जान नपाउने अनौठो चलन !

संसारमा बिभिन्न परम्परा र रितिरिवाजहरु छन् । जुन कुरा सुन्दा नै हामीलाई अचम्म लाग्दछ ।

इण्डोनशियाको टिडन्ग नामक आदिवासी समुदायमा ववाह गरेको तीन दिनसम्म गरेपछि ट्वाइलेट नै जान नपाइने विचित्रको परम्परा छ ।

उक्त समुदायमा विवाह गरेको तीन दिनसम्म बेहुला बेहुलीलाई शौचालय जाने अनुमति छैन ।

विवाहपछि नयाँ दुलाहा दुलहीले ट्वाइलेट नै बार्नुपर्ने यो संस्कारका पछाडि केही कारणहरु छन्। विावहको तीनन दिनसम्म यदि बेहुला बेहुलीले घरको ट्वाइलेट प्रयोग गरेमा भाग्य बिग्रिने र बिहे धेरै नटिक्ने, कुनै अप्रिय घटना हुने वा कसैको मृत्यु हुन्छ भन्ने धारणा छ ।

ट्वाइलेट जान नपाउने भएपछि नयाँ बेहुला बेहुलीलाई विवाहको तीन दिनसम्म खानेकुरा पनि कम दिइन्छ । तिन दिनपछि यो परम्परा पूरा भएसँगै बेहुला बेहुलीले नुहाइधुवाइ गर्दछन् र आफ्नो नयाँ जिन्दगीको शुरुवात गर्दछन् ।

उक्त समुदायमा अर्को परम्परा पनि छ । जबसम्म बेहुलाले आफ्नी बेहुलीका लागि गीत गाउँदैन तबसम्म उसले बेहुलीलाई हेर्न पाउँदैन । त्यस्तै युवतीहरु आफ्नो विवाह पक्का भएसँगै विवाह नटुंगिउन्जेल आफ्नो बुवाआमाको घरबाट बाहिर निस्कन पाउँदैनन्।

यदि विवहमा जन्ति तोकिएको समयभन्दा ढिलो आएमा बेहुला पक्षले बेहुली पक्षलाई जरिवाना तिर्नुपर्दछ ।