पाँच महिनाको गैँडाको बच्चा मृत फेला

रासस    

पाँच महिनाको गैँडाको बच्चा मृत फेला

चितवन: चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको बच्चा (केटी– गैँडा) आज मृत्यु फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो केटीलाई भाले गैँडाले आक्रमण गरेको हुनसक्ने आँकलन गरिएको छ । उक्त केटीको ब्रह्मखाग (भर्खर पलाउन लागेको खाग) तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिए । चालू आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैँडा मरेका छन् । तीमध्ये चार वटा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जमा प्राकृतिक र चोरी शिकारीबाट गैँडा मर्नेक्रम बढेपछि निकुञ्जले समिति बनाएर अध्ययन गरिरहेको छ भने सुरक्षा पनि बढाइएको छ ।



बिहिबार ११, मङि्सर २०७७ ०९:४६ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस