कंचनपुरमा एक युवक मृत अवस्थामा फेला

कंचनपुरमा एक युवक मृत अवस्थामा फेला

महेन्द्रनगर । कंचनपुरको महेन्द्रनगर बजार परिसरमा एक युवक मृत भेटिएका छ्न । महेन्द्रनगर बजारमा अवस्थित बसपार्क नजिकैको चम्मन चोकबाट   १००-१५० मिटर नजिकैको दुरिमा  एक युवक मृत फेला परेका हुन ।

आज बिहानै अन्दाजी ३० बर्सिय युवक मृत फेला परेका हुन । मृतकको पहिचान हुन सकेको छैन । शरिरमा घाउ चोटपटक नभएको  कारण के कति कारणले उनको मृत्युु भएको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

साथै घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता थापाले बताए ।