महेन्द्रनगर । कंचनपुरको महेन्द्रनगर बजार परिसरमा एक युवक मृत भेटिएका छ्न । महेन्द्रनगर बजारमा अवस्थित भानु पार्टी प्यालेस नजिकै एक युवक मृत अवस्थामा फेला परेका हुन । आज बिहानै अन्दाजी ३० बर्सिय युवक मृत फेला परेका हुन । मृतकको पहिचान हुन सकेको छैन । शरिरमा घाउ चोटपटक नभएको कारण के कति कारणले उनको मृत्युु भएको हो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । साथै घटना सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता थापाले बताए ।