कृषि उपजले मुल्य नपाउँदा किसान समस्यामा

कृषि उपजले  मुल्य नपाउँदा किसान समस्यामा

धनगढी : ब्यवसायिक रुपमा कृषि पेशामा रहेका किसानहरुले सरकारको स्पष्ट नीतिको अभावका कारण आफुहरुले समस्या भोग्नु परेको बताएका छन् ।

स्थानीय यत्पादनलाई प्रवद्र्धन गर्ने सरकारको नीति नभएका कारण किसानले उत्पादन गरेको कृषि उपजले बजार र मुलय नपाइरहेको किसानहरुको गुनासो छ ।

२०५७ सादेखि केरा खेतीमा लागेका कैलाली गौरीगंगा नगरपालिकाको चौमालाका किसान प्रकाश थापा आफुहरुको मुख्य समस्या बजार नपाउनु रहेको बताउनुभयो । निकै मेहनतसाथ गरेको उत्पादनले बजार नपाएपछि किसानहरुले लगानी नै डुबाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

उहाँले बजारमा बिना कुनै चेक जाँच भारतबाट आउने सस्तो मुल्यको कृषि उपजसित आफहुरुले प्रतिष्पर्धा गर्नु परिरहेको बताउनुभयो । सरकारले बिभिन्न दातृ निकायको सहयोगमा शुरु गरेका कृषि परियोजनाहरुबाट पनि साना किसानहरुले फाइदा नपाएको राष्ट्रिय कृषक समुह महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका थापाको गुनासो छ ।

मेहनत गर्ने किसानले उत्पादन गरेको उपजको मुल्य बजारमा रहेको ब्यापारीले तोक्ने गरेको पनि किसानहरु समस्यामा परेको कुखुरा उत्पादन किसान भुवन पाण्डेय गुनासो गर्नुभयो ।

उहाँले कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष समेत रहेका पाण्डेयले बिचौलियाले मुल्य तोक्ने कुरा संगै भारतबाट अवैध बाटोको प्रयोग गरी ल्याइने कुखुराका कारण समेत किसानहरु समस्यामा परेको बताउनुभयो ।

कुखुरामा बेला बेलामा देखिने गरेको बर्ड फ्लु रोग नियन्त्रणका लागि सरकारले भारतबाट कुखुरा मात्रै होइन, अण्डा र कुखुराको दाना पनि आयात गर्न रोक लगाएको छ । तर अवैध बाटोबाट आइरहेकोले स्थानीय किसानहरुले बजार पाउन नसकिरहेको संघका अध्यक्ष पाण्डेयले बताउनुभयो ।

किसानको उत्पादनले बजार नपाउने अवस्थाको अन्त्य नभएसम्म कृषिबाट सम्बृद्धि सम्भव नभएको कञ्चनपुरकी बीउ उत्पादक किसान अनिता मडै बताउनुहुन्छ । धान र गहुँ उत्पादन गर्ने किसानले आवश्यक परेको बेला मल र वीउ नपाउने स्थिति रहेको उहाँले बताउनुभयो ।

सरकारले बेलैमा मुल्य नतोक्दा किसानहरुले सस्तोमा धान बेच्नुपरेको मडैको गुनासो छ । उहाँले सरकारी स्वामित्वमा रहेको खाद्य संस्थानले मोटो धान प्रति क्वीन्टल दुई हजार तीन सय ३१ मा खरीद गर्दा किसानले मसिनो धान नै एक हजार आठ सयका दरले बिक्री गर्नुपरेको उहाँले बताउनुभयो ।

समयमा निर्णय नगरिदिने, धान चिौलियको हातमा पुगिसकेपछि मात्रै मुल्य निर्धारण गर्ने सरकार प्रवृतिले किसानले समस्या ब्यहोर्नु परेको मडैको भनाई छ । किसानहरुले कृषि उपजको बजार नपाएको बताइरहँदा सरकार भने बजार नपाएको कुरा मान्न तयार छैन् ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव रवीन्द्र बहादुर प्रधान बजारको समस्या नरहेको बताउनुभयो नेपालमा उत्पादित कृषि उपजलाई भारतमा सहजै प्रवेश नदिन भारत सरकारले अनेक उपाय अपनाएको छ । मिसावट लगायतका बिषयमा जाँच गर्नुपर्ने भन्दै बाटोमा नै नेपाली कृषि उपज बिगारिदिने गरिएको किसानहरुले बताएका छन् ।

तर भारतबाट आउने कृषि उपजले भने नेपाली बजारमा सहजै प्रवेश पाउँछ । नेपालका किसानहरुको उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले नाकामा क्वारेन्टाइन मानर्फत कडाई गर्न सके मात्रै नेपाली किसानहरुको कृषि उपजले मुल्य पाउने देखिन्छ ।