धनगढी । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २९ नमुनाहरुमध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका मोलेकुलर ल्याब इन्चार्ज शौरभ क्षेष्ठले डोटीका २ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए । परिक्षण गरिएका अन्य २७ जनाको नतिजा नेगेटिभ आएको छ ।