महेन्द्रनगर । कंचनपुरको महेन्द्रनगरमा अवस्थित भानु पार्टी प्यालेसको छेउमा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ ।
मृत फेला परेका युवक वेदकोट नगरपालिका–४ को बगुनमा रहेको सुनार टोल बस्ने २५ वर्षीय कमल दमाईँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छ्न । प्रहरी नायब उपरीक्षक थापाका अनुसार मृतक दमाईँ ज्यालादारी गर्ने भन्दै गत असोजमा घरबाट हिडेको बुझिएको छ।
घाँटीमा टेलिफोनको तारको पासोले बेरिएको अवस्थामा मृत भेटिएका दमाईँको मृत्यु रहस्यमय भएको छ। उनको मृत्युुको कारण भने खुल्न सकेको छैन । अनुसन्धानको सहजताका लागि नेपाल प्रहरीले धनगढीबाट तालिमप्राप्त कुकुर समेत ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मृतक दमाईको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।