सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु

कञ्चनपुर । सेफ्टी ट्याङकीमा खसेर २ जनाको मृत्यु भएको छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलियामा स्थानीय सरस्वती भट्टको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 
              
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने ४० वर्षीय घुमन डगौरा र बेलौरी घर भइ भीमदत्त नगरपालिका ४ बस्ने ३५ वर्षीय गणेश रानाको रहेको बताए। उनीहरुको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।