भारतको एक कोभिड अस्पतालमा आगलागी : पाँच संक्रमितको मृत्यु

भारतको एक कोभिड अस्पतालमा आगलागी : पाँच संक्रमितको मृत्यु

भारतको राजकोटमा रहेको कोभिड १९ अस्पतालमा आगलागी हुँदा पाँच जना संक्रमितको मृत्यु भएको छ । माभ्दी रोडमा रहेको अस्पतालको आइसीयूमा आगो लाग्दा ज्यान गुमाएका पाँचै जना वृद्ध रहेको भारतीय संचार माध्यमले जनाएका छन् । 

स्थानीय समय अनुसार बिहीबार राति १२:४० मा आगो लागेको हो । ५४ बेड रहेको उदय सिभानन्द अस्पतालमा डाक्टरसहित चार जना कर्मचारी रहेपनि उनीहरुले आगो निभाउन सकेनन् । 

अस्तालमा रहेका ३३ बिरामीमध्ये बाँकि २८ जनालाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । आइसीयूमा रहेका ११ मध्ये तीन जना बिरामीको तत्काल मृत्यु भएको हो । 

अरुलाई अर्को अस्पतालमा सारिएको छ । आगलागीमा परि ज्यान गुमाएकालाई प्रतिव्यक्ति चार लाख रुपैयाँ दिने गुजरात सरकारले घोषणा गरेको छ । 

आगलागीको कारण भने खुलेको छैन । यसबारे अनुसन्धान थालिएको त्यहाँको प्रहरीले जनाएको छ ।