नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि शनिवार मतदान शुरु भएको छ । बिहान ८ बजेबाट शुरु हुने भनिएको मतदान केहि ढिला गरि शुरु भएको हो ।

महासंघको चुनाबका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुँदैछ ।

कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।

महासंघको नयाँ नेतृत्वमा पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन्। ।