धनगढी । सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका १ की ५९ वर्षीया महिलाको उपचारका क्रममा शनिबार बिहान सारथी अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको र सेती प्रादेशिक अस्पतालमा परीक्षण गराउँदा मृत्यु पछि संक्रमण पुष्टि भएको हो ।