भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार ४१ हजार ८१० जनामा कोभिड १९ संक्रमण देखिएको हो। यससँगै भारतभर कोरोनाबाट संक्रमितहरुको संख्या ९३ लाख ९२ हजार ९२० पुगेको छ।

आइतबार बिहानसम्म कोभिड १९ का कारण थप ४९६ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा १ लाख ३६ हजार ६९६ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ४२ हजार २९८ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। ८८ लाख २ हजार २६७ जना संक्रमण मुक्त भइसकेको एएनआइले उल्लेख गरेको छ।

अहिले भारतभर ४ लाख ४५ हजार ९५६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।