नेपाल-भारत नियमित उडान खुला

नेपाल-भारत नियमित उडान खुला

सरकारले नेपाल-भारत नियमति हवाइ उडान खुला गरेको छ । कोरोना संक्रमण त्रासको कारण गएको चैतदेखि बन्द रहेको नेपाल- भारत हवाइ उडान खुला गर्ने निर्णय भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भारतसँगको नियमित उडान खुलाको निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए ।

दुई देशका नागरिक मात्र आउजाउ गर्ने गरी नेपाल-भारतबीच तत्काललाई दैनिक दुई उडान हुने उनले बताए । हाल नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सले एउटा र भारतीय वायुसेवाले एउटा गरी दुईवटा उडान हुनेछन् ।