सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो, तोलाको कति ?

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घट्यो, तोलाको कति ?

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत हप्ता तोलामा ३ हजार रुपैयाँ घटेको सुनको मूल्यले यो हप्ताको पहिलो दिन आइतबार तोलामा ५ सय रुपैयाँ घटेको हो । 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) विरुद्धको खोप बनेको सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएपछि नेपाली बजारमा पनि घट्दै गएको महासंघले जनाएको छ । 

यस्तै आइतबार चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।