डोटीको शिखर नगरपालिकामा नगर बस सेवा सुरु

डोटीको शिखर नगरपालिकामा नगर बस सेवा सुरु

डोटी : डोटी जिल्लाको शिखर नगरपालिकाले नगर बस सेवा सुरु गरेको छ । ५६ लाख ६० हजार लगानीमा नगरपालिकाले दुई वटा बस सहित यातायात सेवा गरेको हो । 

आईतवार एक कार्यक्रमका बीच  शिखर नगरपलिकाका प्रमुख सिताराम जोशीले नगर बसको उद्घाटन गरेका छन् । 
नगरपालिकाले आफ्नै स्रोतबाट खरिद गरेर संञ्चालनमा ल्याएको २६ सिट पास नगरबसले सर्बसाधारण नागरिकलाई सुलभ यातायात सेवा पुग्नेमा नगर प्रमुख जोशीले विश्वास व्यक्त गरे । 

कोराल खोला देखि सिलगढी सम्म नगर बस सञ्चालनमा आएपछि स्थानीय वासी हर्षित बनेका छन् ।

स्थानीय तह निर्वाचनका बेला नगरबस सेवा सञ्चालन गर्ने आफ्नो घोषणापत्रमा उल्लेख रहेको र सर्बसाधारण यात्रुहरूले यात्राका क्रममा भोग्ने गरेको समस्यालाई मध्येनजर गरेर  नगरबसको अवधारणा ल्याएको जोशीले बताए । 

नगर क्षेत्रमा सहज गाडी नपाउँदा घण्टौँ कुर्नुपर्ने अवस्था रहेकाले यो अवधारणा ल्याएको बताउँदै नगर प्रमुखले अब थोरै भएपनि राहत हुने बताए । नगर बसमा भाँडा सार्वजनिक यातायात भन्दा २५ प्रतिशत कम गर्ने समेत नगर प्रमुखले जानकारी दिए । 

बस सञ्चालनको कार्यविधि बनाएर सेवालाई सहज, पारदर्शी र प्रभावकारी बनाउने योजना नगरपालिकाको रहेको बताइएको छ  । यससंगै नगर प्रमुख जोशीले सडकको स्तरोउन्नति सवै ठाउमा नगर बस पुर्याउने लक्ष्य रहेको जानकारी दिए  । 

नगर पालिकाले खरिद निमावलि अनुसार ३८ लाख ६९ हजारमा एक टिपर, ३६ लाख ९५ हजारमा पिकअप गाडी ल्याएको नगर पालिकाका प्रमुख प्रसाशकीय अधिकृत धर्मराज विनाडिले बताए ।  केहि दिनमा एम्वुलेन्स पनि सञ्चालन गर्ने नगरपालिकाले जनाएको  छ ।