धनगढी । धनगढीमा सोमबार गरिएको परिक्षणमा सुदूरपश्चिमका थप २४ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका २९८ नमुनाहरुमध्ये २४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ७ सहित सुदूरपश्चिमका थप २४ जनामा कोरोना देखिएको हो । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जना, स्थानीय तह नखुलेका एकजना, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एकजना र भिमदत्त नगरपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै बझाङको मष्टा गाउँपालिकाका एकजना, जयपृथ्वी नगरपालिकाका एकजना र दार्चुलाको महाकाली नगरपालिकाका एकजना गरी २४ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले बताए ।