अस्पतालबाट सन्दिपले भनेः 'छिट्टै फर्किन्छु, त्यतिबेलासम्मको लागि मुस्कानसहितको अनुहार'

अस्पतालबाट सन्दिपले भनेः 'छिट्टै फर्किन्छु, त्यतिबेलासम्मको लागि मुस्कानसहितको अनुहार'

कोरोना भाइस (कोभिड-१९) संक्रमणपछि अस्पताल भर्ना भएका क्रिकेटर सन्दीप लामिछानेले पहिला भन्दा आराम मिलेको बताएका छन् ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका लामिछाने आइतबार राति अस्पताल भर्ना भएका हुन् । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनले अहिले आराम भइरहेको बताएका हुन् । ​

सन्दीपले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि शुक्रबार स्वाब दिएका थिए । शनिबार सन्दीपमा कोरोना पुष्टि भएको थियो। 

‘पहिलेको भन्दा आराम मिलेको छ । तपाईहरु सबैको माया र आशिर्वादको लागि धेरै धन्यवाद’, सन्दीपले सेल्फी फोटोसहित ट्वीटरमा लेखेका छन्, ‘अझै केही दिन आशा गरौं छिट्टै नै फर्कनेछु । त्यतिबेलासम्मको लागि मुस्कानसहितको अनुहार ।’

सन्दीप केहि दिन राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा बसेर डिसेम्बर दोस्रो साता बिग बास खेल्न अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन् ।