कोरोनाविरुद्ध ९४ प्रतिशत प्रभावकारी देखिएको खोप व्यापक प्रयोगका लागि मोडर्नाले माग्यो अनुमति

कोरोनाविरुद्ध ९४ प्रतिशत प्रभावकारी देखिएको खोप व्यापक प्रयोगका लागि मोडर्नाले माग्यो अनुमति

कोरोना भाइरस रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको खोप ठूलो मात्रामा प्रयोग गर्न खोप निर्माता कम्पनी मोडर्नाले आफ्नो देश अमेरिका र युरोपका नियामक निकायसँग अनुमति मागेको छ।

अमेरिकी औषधि कम्पनी मोडर्नाले दिएको आवेदनअनुसार नियामक निकायले खोप परीक्षणको नतिजा तथ्यांक विश्लेषण गरेर खोप सुरक्षित छ कि छैन भनी पत्ता लगाएपछि प्रयोगका लागि अनुमति दिन नदिने अनुमति दिनेछ।

तेस्रो अर्थात् अन्तिम चिकित्सकीय परीक्षणमा मोडर्नाले बनाएको खोप मानिसलाई कोरोनाबाट बचाउन ९४ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

फाइजर कम्पनलिे पनि आफूले विकास गरेको खोप प्रयोग अनुमतिका लागि आवेदन दिइसकेको छ। परीक्षण क्रममा उसले बनाएको खोप पनि मोडर्नाको खोपजत्तिकै प्रभावकारी देखिएकाे छ। -बीबीसीबाट