गलत जवाफ दिएपनि प्रियंकाले जितेकी थिइन् मिस वर्ल्डको ताज

गलत जवाफ दिएपनि प्रियंकाले जितेकी थिइन् मिस वर्ल्डको ताज

बलिउड अभिनेत्री प्रियंका चोपडालेमिस वर्ल्डको ताज जितेको २० वर्ष पुगेको छ । सन् २००० नोभेम्बर ३० का दिन उनले ताज लगाउन सफल भएकी थिइन् । मिस वर्ल्डको फाइनल राउण्डमा सोधिएको प्रश्नको गलत जवाफ दिएपनि उनले ताज लगाउन भने सफल भएकी थिइन् ।

प्रतियोगितामा उनलाई प्रश्न सोधिएको थियो – तपाईं कुन जीवित महिलालाई सफल मान्नुहुन्छ रु । उत्तरमा प्रियंकाले मदर टेरेसाको नाम लिएकी थिइन् । उनले भनेकी थिइन् ‘विश्वमा धेरै मानिस छन् । तर, म बढी प्रभावित मदर टेरेसाबाट छु । म उनलाई मनबाटै चाहन्छु । उनले भारतीयका लागि काम गरेकी थिइन् । उनले आफ्नो जिन्दगी अरुको सेवामा बिताएकी थिइन् ।’ प्रियंकालाई यो जवाफले मिस वर्ल्ड बनाएको थियो ।
तर, उनको जवाफका कारण मिडियामा भने हंगामा मच्चिएको थियो । किनभने उनले कार्यक्रममा बताएको मदर टेरेसाको निधन ५ सेप्टेम्बरमा १९९७ मा भैसकेको थियो । 

प्रियंकाको मदर टेरेसासँग अहिले पनि गहिरो नाता रहेको छ । २०१७ मा उनलाई ‘मदर टेरेसा मेमोरियल पुरस्कार’बाट पनि सम्मान गरिएको छ । सामाजिक काममा खास योगदान पुर्याएको कारण उनलाई यो सम्मान दिइएको थियो ।