यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

मेषः आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

वृषः आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समयछ ।

मिथुनः घरायसी कार्य अगाडी बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।

कर्कटः सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

सिंहः आज विद्या र बुद्धिके विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्ति संग भेटघाटपनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

कन्याः आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

तुलाः रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृश्चिकः आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमपनि मन्दी आउनसक्छ ।

धनुः आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

मकरः प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । प्रेमीको सहयोगपनि प्राप्त हुनेछ ।

कुम्भः वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

मीनः आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।