बिहे गर्न वर वा वधू चाहियो ? आयो ‘पञ्चेबाजा’ एप

बिहे गर्न वर वा वधू चाहियो ?  आयो ‘पञ्चेबाजा’ एप

 बिवाहका लागि तपाई केटा वा केटीको खोजीमा हुनुहुन्छ ? तपाईले खोजे जस्तो वर वा वधू नपाएर हैरानी पाइरहनु भएको छ ? यदि यसो हो भने अब तपाईले तनाब लिनु पर्ने छैन ।

घरमै बसीबसी पनि उपयुक्त वर वा वधू खोज्न सक्नुहुनेछ । हाफफूल टेक्नोलोजीले बिवाहका लागि केटा वा केटी खोज्न सहयोग होस भन्ने हेतुले ‘पञ्चेबाजा’ एप ल्याएको छ । यस एपबाट तपाईले आफ्ना  छोराछोरी वा अन्य कोही आफन्तका लागि कस्तो वर वा वधू खोज्न चाहानु भएको सोहीअनुसार खोज्न सक्नुहुनेछ ।

यदि तपाई आफैंपनि केटा वा केटीको खोजीमा हुनुहुन्छ भने यो एपकै माध्यमबाट खोज्न सक्नुहुनेछ । विश्वमा यस प्रकारका धेरै एपहरु प्रयोग हुने गरेका छन् । नेपालमा पनि केहि अमेरिकन डेटिङ एप टिन्डर, भारतीय एप साथी लगायतका एपहरु प्रयोग हुने गरेका छन् ।

तर यि एपहरु भन्दा पनि थप परिस्कृत र उपयोगी एप हाफफूलले ल्याएको हो । गत दशैंअघि औपचारिक रुपमा सार्वजनिक गरिएको यस एपबाट भने डेटिङमात्रै होइन, जीवन साथी नै खोज्न सकिने छ । आफूले चाहेजस्तो वर वा वधू खोज्न सहज बनाउने उद्देश्यले नै एप ल्याइएको कम्पनीका संस्थापकरसञ्चालक सन्दिप पौड्याल बताउँछन् ।

यो एपले बिवाह गर्न केटालाई केटी र केटीलाई केटा खोजिदिन भूमिका खेल्नेछ । नेपाली सामान्य अर्थमा भन्नुपर्दा यसले लमीको काम गरिदिने सञ्चालक पौड्याल बताउँछन् । ‘अहिले ३ किसिमको विहे हुन्छ, एउटा मागी विवाह ९एरेञ्ज०, अर्को लभ म्यारिज र फेसबुक म्यारिज’ उनी भन्छन्, ‘फेसबुकबाटै चिनजान भएर बिवाह हुन थालिसक्यो, यो त फेसबुक भन्दा धेरै उपयोगी हुन्छ ।’

फेसबुकमा आफूलाई यस्तो मान्छे चाहियो भनेर खोज्न नसकिने तर यसबाट भने सकिने उनले बताए । अर्कोतर्फ फेसबुकमा नक्कली खाता बनाएर झुक्काउने कामहरु पनि हुन्छन् । तर यहाँ भने फेक अकाउन्ट बनाएर झुक्याउने सम्भावना कम रहेको पौड्याल बताउँछन् ।

कसरी प्रयोग गर्ने ?

यो एप एन्ड्रोइड मोवाइल र आइफोन दुबैमा उपलब्ध रहेको छ । प्लेस्टोर वा एप स्टोरमा गएर ‘पञ्चेबाजा’ एप डाउनलोड गरिसकेपछि तपाईले आफ्नो पोफाइल बनाउन सक्नु हुनेछ ।

तस्वीरसहितको प्रोफाइल बनाएपछि तपाईले चाहेको पार्टनर जुन समुदायको, कति शैक्षिक योग्यता भएको र जागिरे वा विदेशको पीआर भएको कस्तो चाहानुहुन्छ त्यो सूचनाहरु पनि उल्लेख गर्नुपर्नेछ ।

फेक प्रोफाइल नबोस भनेर अरु फोटो पछि सेल्फी फोटो पनि एपले अपलोड गर्नुस् भन्नेछ । सेल्फी र अन्य फोटो मिलेन भने एपले ‘रातो’ संकेत गर्नेछ । जसलाई शंस्कास्पद मान्न सकिनेछ । सेल्फी’ र अन्य तस्वीरहरु मिलेको अवस्थामा भने यो फेक होइन भनेर ‘हरियो’ चिन्ह देखिनेछ । झुक्याउनका लागि प्रोफाइल बनाउनबाट यसले रोक्नछ । भविष्यमा अझ धेरै सुरक्षा सतर्कता बनाउने कम्पनीको तयारीछ ।

प्रोफाइल बनिसकेपछि तपाईंले चाहेको सम्भावित को(को हुनुहुन्छ, उनीहरुलाई देखाउनेछ । मानौं, तपाइर्ंले काठमाडौं बस्ने इन्जिनियर चाहिएको छ भने सोही अनुसारको विवरण भर्नु पर्नेछ ।

त्यसपछि त्यहाँ भएका काठमाडौं बस्ने सबै इन्जिनियर देखाउनेछ । तपाईले चोहेको र उसले चाहेको कत्तिको मिल्यो भन्ने पनि देखाउँछ । त्यो हेरेर केहि आफू कम्परमाइज पनि गर्न सकिन्छ । कुन क्षेत्रमा रहेको मान्छे चाहियो त्यो राखेपछि त्यहीँ क्षेत्रको मान्छेमात्रै तपाईका लागि देखाउँछ । केटी खोजेको हो भने केटीमात्रै र केटा खोजेको हो भने केटामात्रै देखाउँछ ।

अहिले एपमा मात्रै रहेको र केहि महिनाभित्रै यसलाई वेवमा पनि उपलब्ध गराउने कम्पनीको तयारी छ । पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको छ । इन्टरनेटको पहुँच पनि गाउँगाउँमा पुगिसकेकाले यो यो एप नेपालीहरु माझ लोकप्रीय हुन सक्ने कम्पनीको अनुमान छ । अनलाइनखबर बाट